बैकिङ्ग कारोबारलाई पारदर्शी बनाउन विद्युतिय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न गभर्नरको निर्देशन

Oct 26, 2018 Merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकिङ्ग कारोबारलाई विद्युतिय भुक्तानी प्रणाली मार्फत गर्न गराउन निर्देशन दिएका छन्। नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस भुक्तानी प्रणालीको औपचारिक शुभारम्भ कार्यक्रममा गभर्नर नेपालले भोलिका दिनमा सम्पूर्ण बैकिङ्ग कारोबार विद्युतिय माध्यमबाट हुने समेत जिकिर गरे ।

सो कार्यक्रममा गभर्नर नेपालले विद्युतिय भुक्तानी प्रणालीले कारोबारमा सहजता ल्याउनका साथै पारदर्शी हुने र आर्थिक क्रियाकलापमा ठूलो योगदान पुर्याउने उल्लेख गरे । 

उनले सामान्य ब्यक्तिले पनि आफ्नो बैकिङ्ग कारोबार आईपिएस प्रणालीबाट गर्नसक्ने बनाउनुपर्नेमा जोड दिए । आम सर्वसाधारणलाई प्रविधिसँग सहजीकरण गराउन सबै पक्षले सहयोग गर्नुपर्ने उनको भनाई थियो । प्रविधिसँग आम मान्छेलाई जोड्न कठिन र अफ्ठ्यारो भएपनि यसलाई सहज बनाउनु पर्नेमा गर्भनर नेपालकाे जोड थियो ।

विद्युतिय भुत्तानी प्रणालीलाई अझै प्रभावकारी बनाउन विद्युतिय भुत्तानी फछ्र्यौट ऐन संसदमा जाने क्रममा रहेको बताउँदै उनले राष्ट्र बैंकले पनि यस सन्दर्भमा काम गरिरहेको जानकारी दिए ।

 

 

अबको दिनमा विद्युतिय भुत्तानी कारोबारलाई प्रोत्साहन नगरि पारदर्शी कारोबार नहुने उनको जिकिर थियो । साथै उनले सेवा प्रदायक संस्थाहरुको नियमनलाई पनि बलियो बनाउने राष्ट्र बैंकको नीति भएको बताए । यस क्रममा दूरसञ्चार कम्पनीहरुसँग समेत सहकार्य गरिने उनले बताए ।

हालसम्म ५ वटा गैर बैकिङ्ग क्षेत्रलाई राष्ट्र बैंकले विद्युतिय भुत्तानी सम्बन्धीको कारोबार गर्न अनुमति दिएको र ११ संस्थाहरुले यससबन्धी कारोबार गर्न आशयपत्र दिएको समेत जानकारी गराए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।