नेपाल टेलिकमको व्यापार खस्कदा पनि कसरी भयो नाफामा सुधार ?

Nov 16, 2018 Merolagani



नेपाल टेलिकम (NTC) को व्यापार खस्किएको छ । टेलिकमले चालु आर्थिक बर्षको वित्तीय विवरणमा गत बर्षको तुलनामा एक अर्ब बढीले व्यापार खस्किए पनि दश प्रतिशत बढीले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको सेवा वापतको आम्दानी गत बर्षको पहिलो त्रैमासको तुलनामा एक अर्ब ९ करोड रुपैयाँ कम छ ।

गत बर्षको पहिलो त्रैमासमा सेवा वापत १० अर्ब ५८ करोड आम्दानी गरेको टेलिकमले यस बर्षको पहिलो त्रैमासमा ९ अर्ब ४९ करोड आम्दानी गरेको छ ।

अन्य आम्दानी भने गत बर्षको भन्दा धेरै छ । कम्पनीले गत बर्ष ११ अर्ब ८३ करोड रुपैयाँ खुद आम्दानी आर्जन गरेकोमा यस वर्ष १० अर्ब ८५ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ। कम्पनीको कुल आम्दानी घटेपनि चालु आर्थिक बर्षको पहिलो तीन महिनामा गत वर्षको भन्दा १०.७० प्रतिशतले नाफा बढेको छ ।

कम्पनीले तीन महिनामा ४ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यहि अवधिमा ४ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको खर्च घटेकाले नाफा बढ्न पुगेको हो । गत बर्ष ६ अर्ब ३९ करोडड रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ५ अर्ब ९५ करोड मात्र गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी समेत प्रतिकित्ता १०८ रुपैयाँबाट बढेर ११९ रुपैयाँ पुगेको छ । टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ छ । जसको जगेडा कोषमा ८७ अर्ब ९८ करोड रुपैया जम्मा भएको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।