एभरेष्ट इन्स्योरेन्सको बीमा शुल्क ७ करोड ३८ लाख रुपैयाँले वृद्धि

Nov 19, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क ७ करोड ३८ लाख रुपैयाँले बढाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका कम्पनीले यस अवधिमा ९ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको हो ।

यस्तै पुर्नबीमा कमिशनबाट २ करोड ९६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयवाट २८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा ४६ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोहि अवधिमा ४४ लाख ८५ हजार खुद नाफा गरेको थियो ।

१३ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड सात लाख रुपैयाँ , बीमा कोषमा १९ करोड ६८ लाख रुपैयाँ संचित छ ।

हाल सम्म १९ हजार ७४१ बीमालेखवाट २० करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै ४२ बीमालेखहरु नवीकरण भएका छन् ।

यस अवधिमा एभरेष्टले ६०५ दाबी वापत १० करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एक हजार १०४ दाबी वापत ३७ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ ३८६ रुपैयाँ १८ पैसा र मुल्य आम्दानी अनुपात ३४०.३७ गुणा बढी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।