माथिल्लो तामाकोशीको लागत ३५ अर्बबाट ७० अर्ब पुग्ने अवस्थाप्रति मन्त्री पुनको गम्भिर चासो

Nov 19, 2018 RSS



राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् ।

आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागत समेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन शुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिए ।

शुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत बढेर रु ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । त्यसमा लागत अवधिको ब्याजसमेत जोडिएको छ ।

आयोजनाको भौतिक निर्माणको काम करीब करीब सकिने अवस्थामा पुगेको भए पनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदँदा विद्युत् उत्पादन मिति नै पर सर्न पुगेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ । लामोसाँघु–जिरी सडकखण्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजना स्थल पुग्न सकेको छैन ।

आयोजनाको सुरुङभित्र रहेका दुई वटा ठाडो सुरुङ ९३७० मिटर र ३१० मिटर० मा पाइप जडान गर्ने काम पूर्ण हुन सकेको छैन । आयोजनाले आगामी असारमा परीक्षण उत्पादन शुरु गर्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन शुरु गर्ने कार्यतालिका तय गरिएको थियो ।

मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजना स्थलमा नै समस्या समाधान गर्ने तयारी गर्नुभएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललाई मिलाएर काम गराउने तयारीमा आफूहरु लागेको जानकारी दिए ।

हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेलम्याको रहेको छ भने इलेक्ट्रोमेकानिकलको जिम्मा एन्ड्रिज हाइड्रोको रहेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ५९ वटा पाइप प्राधिकरणको सुनकोशी विद्युत् गृहमा रहेको छ ।

“आयोजनालाई गति दिने र तोकिएको समयमा नै सम्पन्न गराउने तवरले मन्त्रीज्यूले चासो दिनुभएको हो, त्यसलाई सहजरूपमा लिँदै आयोजना स्थलमा देखिएको समस्या समाधानका लागि हामी प्रतिबद्ध भएर लागेका छौँ”, प्रवक्ता डा न्यौपानेले भने ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।