हिमालय ऊर्जा विकास कम्पनीको आईपिओ भोलिदेखि बन्द हुने, आवेदन गर्न आज मात्र समय

Nov 21, 2018 Merolagani

हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दाका लागि निष्काशन गरेको आईपिओमा मंसिर ५ गते बुधबारसम्म आवेदन गर्न पाउनेछन् । कम्पनीले मंसिर ६ गतेदेखि आइपिओ निष्काशन बन्द हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

हिमालय ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रहरु रामेछाप र दोलखाकाआयोजना प्रभावित बासीन्दाका लागि ९ करोड ९० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा ९ लाख ९० हजार कित्ता आईपिओ गत कात्तिक ६ गते देखि आवेदन खुला गरेको थियो ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले पहिलो चरणमा १० प्रतिशत साधारण शेयर बिक्री खुल्ला गरेको हो ।

यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दालाई ३ लाख ९६ हजार कित्ता शेयर छुट्याएको छ । बाँकी ६० प्रतिशत अर्थात ५ लाख ९४ हजार कित्ता शेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको १ देखि ५ सम्म र जिरी नगरपालिकाको वडा नं ३ स्थानीयलाई बाँडफाँड गरिनेछ ।

आयोजना प्रभावित स्थानियले हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा– १, सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा, प्राईम कमर्शियल बैंक जिरी शाखा, सेञ्चुरी कमर्शियल बैंक जिरी शाखा र एनएमबि बैंक दोलखा किर्ने शाखा मार्फत आवेदन बुझाउन सक्ने छन् ।

 

१४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा अाउने

आयोजना प्रभावित बासीन्दालाई शेयर निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती आयोजना निमार्ण गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।