बाह्य पूँजी भित्राउन सहज प्रकृया नभए अझै चार वर्ष सम्म क्रेडिट क्रन्चको समस्या भोग्नुपर्छ : ज्ञानेन्द्र ढुगांना

Nov 25, 2018 Merolagani

बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुगांनाले बाह्य पूँजी भित्राउन सहज प्रकृया नबने अझै तीन चार वर्ष वित्तीय संस्थाहरुले क्रेडिट क्रन्चको समस्या भोग्नु पर्ने बताएका छन् । आइतबार राजधानीमा नेपाल वित्तीय संस्थाका कर्मचारी संघले आयोजना गरेको सामाजिक संवाद नामक अन्र्तकृया कार्यक्रममा सो कुरा बताएका हुन् ।

कर्जाको माग अत्यधिक भएकोले निक्षेपले मात्रै नधान्ने भएकोले बाह्य पूँजी भित्राउन सहज प्रकृया हुनुपर्ने उनको माग छ ।

डलरको मुल्य बढेसंगै लगानी समेत बढेको भन्दै उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले कसरी लागत घटाउन सकिन्छ त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

शाखा विस्तार तथा थप जनशक्ति व्यवस्थापनले गर्दा बैंकको खर्च बढेर मुनाफा केहि घटेको उनको दाबी छ ।

सबै स्थानिय निकायमा जाने पैसा बैंकमै राखेर कारोबार गरे केहि हद सम्म भएपनि समस्या समाधान हुने उनको भनाई छ । बैंक मार्फत कारोबार गर्ने प्रकृया अझै पुरा नभएको उनको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।