माथिल्लो तामाकोशीको आईपिओ बाँडफाँड, ५० कित्ता पाउने कति ?

Nov 27, 2018 Merolagani

माथिल्लो तामाकोशी जलविद्युत आयोजनको साधारण शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँडफाँड गरिएको हो ।

तामाकोशीको शेयरमा आवेदन गरेका ३ लाख ३९ हजार ७ सय ७५ आवेदक मध्ये ३ लाख ३४ हजार ७५ आवेदकले मात्र शेयर पाएका छन् । दोहोरो आवेदन गरेका कारण ५ हजार ७ सय आवेदकहरुलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

जस अनुसार सबै आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् । यसरी शेयर बितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयर १० कित्ताका दरले गोलाप्रथाबाट कुल आवेदक मध्येका १ लाख ७२ हजार ७ सय ७५ आवेदकलाई बितरण गरिएको छ ।

कम्पनीले निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ३९ हजार ७५ आवेदकबाट ६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ता शेयर माग भएको थियो ।

शेयर बाँडफाँडको नतिजा केहीबेरमा मेरोलगानीमा हेर्न सकिनेछ ।

यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भनेर शेयर निष्काशन भइसकेको छ ।

जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्काशनकर्ता सनराइज क्यापिटल रहेका छन् ।

कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म कूल पूँजीको १५ प्रतिशतले हुन आउने एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था थियो ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ७० अर्ब रुपैयाँ पुग्ने भएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।