माथिल्लो तामाकोशीको शेयर एक महिनाभित्रै नेप्सेमा किनबेच गर्न सकिने

Nov 28, 2018 Merolagani



मंगलबार बाँडफाँड भएको माथिल्लो तामाकोशीको शेयर एक महिनाभित्र नेप्सेमा किनबेच गर्न पाइने भएको छ। कम्पनीको शेयर सह-निष्काशक तथा प्रबन्धक सनराइज क्यापिटलले एक महिना भित्रै सुचीकृत गर्ने गरी प्रकृया थाल्ने जनाएको हो ।

सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका अनुसार माथिल्लो तामाकोशीको शेयर दुई देखि तीन हप्ता वा बढीमा एक महिनाभित्र नेप्सेमा लिस्टिङ्ग गराउने बताए ।

कम्पनीको सञ्चालक समितिको निर्णय पछि लिष्टिङ्गको प्रकृया अघि बढ्ने उनको भनाई छ । 

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँडफाँड गरिएको हो ।

तामाकोशीको शेयरमा आवेदन गरेकामध्ये ३ लाख ३४ हजार ७५ आवेदकले शेयर पाएका छन् ।

दोहोरो आवेदन गरेका कारण ५ हजार ७ सय आवेदकहरुलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर निष्काशन भइसकेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।