माथिल्लो तामाकोशीको शेयर एक महिनाभित्रै नेप्सेमा किनबेच गर्न सकिने

Nov 28, 2018 Merolagani



मंगलबार बाँडफाँड भएको माथिल्लो तामाकोशीको शेयर एक महिनाभित्र नेप्सेमा किनबेच गर्न पाइने भएको छ। कम्पनीको शेयर सह-निष्काशक तथा प्रबन्धक सनराइज क्यापिटलले एक महिना भित्रै सुचीकृत गर्ने गरी प्रकृया थाल्ने जनाएको हो ।

सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका अनुसार माथिल्लो तामाकोशीको शेयर दुई देखि तीन हप्ता वा बढीमा एक महिनाभित्र नेप्सेमा लिस्टिङ्ग गराउने बताए ।

कम्पनीको सञ्चालक समितिको निर्णय पछि लिष्टिङ्गको प्रकृया अघि बढ्ने उनको भनाई छ । 

कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँडफाँड गरिएको हो ।

तामाकोशीको शेयरमा आवेदन गरेकामध्ये ३ लाख ३४ हजार ७५ आवेदकले शेयर पाएका छन् ।

दोहोरो आवेदन गरेका कारण ५ हजार ७ सय आवेदकहरुलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि नगराइएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि शेयर निष्काशन भइसकेको छ ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ६९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने अनुमान छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।