विजय लघुवित्त र नेपाल ल्यूब अायलको लाभांश सुरक्षित गर्ने आज अन्तिम

Dec 13, 2018 Merolagani



विजय लघुवित्त वित्तीय संस्था र नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने मंसिर २७ गते अन्तिम दिन रहेको छ। 

दुबै कम्पनीले लाभांश वितरणका लागि शुक्रबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

विजय लघुवित्त कम्पनी (VLBS) को शेयर बिहीबार प्रतिकित्ता ६९७ रुपैयाँ हाराहारीमा कारोबार भएको छ । लघुवित्तले गत आवको मुनाफाबाट १० प्रतिशत शेयर लाभांश र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

यो लाभांश पारित गर्न लघुवित्तले पुस १४ गते होटल रेड कार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे साधारण सभा आह्वान गरेको छ । 

सभाले मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई अनुमोदन गर्नेछ । त्यस्तै बोनसपश्चात कायम हुने १९ करोड ४८ लाख १० हजार रुपैयाँ चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने एजेन्डा छ ।

दश प्रतिशत बोनस र सभाले पारित गर्ने हकप्रद पश्चात लघुवित्तको चुक्ता पूँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

त्यसैगरि नेपाल ल्यूव आयल (NLO) को ४० प्रतिशत लाभांश सुरक्षित गर्ने पनि बिहीबार नै अन्तिम दिन हो । कम्पनीले शुक्रबार देखि बुक क्लोज गर्ने भएकाले बिहीबार सम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीको शेयर बिहीबार प्रतिकित्ता २१३ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

कम्पनीकाे पुस १२ गते याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११:३० बजे आह्वान गरेको सभाले गत वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।