आईपिओको फिर्ता रकम खातामा नपाउने स्थानीयलाई तामाकोशीले थाल्यो फिर्ता भुक्तानी

Dec 16, 2018 Merolagani



माथिल्लो तामाकोशी हाइड्रोपावर (UpperTamakoshi) ले विभिन्न समस्याका कारण सिधै बैंक खातामा रकम नपाउने आवेदकलाई भने पुस १ गते (आज) देखि चेकबाट रकम फिर्ता दिन थालेको छ ।

यसका लागि दोलखाबाट आवेदन दिएका आवेदकलाई आवेदन दिएकै बैंक तथा वित्तीय संस्थामा गएर चेक मार्फत रकम फिर्ता लिन सकिने र काठमाडौंबाट आवेदन दिनेले सनराईज क्यापिटल मार्फत भुक्तानी लिनुपर्नेछ ।

यसअघि स्थानीयबासीलाई निष्काशन गरेको साधारण शेयर बाँडफाँडमा नपरेको रकम बिक्री प्रबन्धकले अन्तरबैंक पेमेन्ट सिस्टम (आईपिएस) मार्फत सिधै आवेदकको खातामा पठाइसकेको छ । विविध समस्याका कारण बेंक खातामा फिर्ता भसक्तानी नपाउने आवेदनलाई चेक मार्फत भुक्तानी थालिएको सनराइज क्यापिटलले जनाएको छ ।

माथिल्लो तामाकोशीले आयोजना प्रभावित स्थानीयलाई साउन १६ गतेदेखि भदौ २१ गतेसम्म एक करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।