लगानी नगरी बैंकमा पैसा थुपारेपछि चार मर्चेन्ट बैंक बोर्डको कारबाहीमा

Dec 31, 2018 Merolagani



नेपाल धितोपत्र बोर्डले चार मर्चेन्ट बैंकलाई आर्थिक जरिवाना गरेको छ । बोर्डले धितोपत्र बजारमा लगानी नगरी तोकिएको सीमा भन्दा बढी रकम बैंक मौज्दातमा राखेको पाइएपछि चार मर्चेन्ट बैंकलाई आर्थिक जरिवाना गरेको जनाएको छ ।

बोर्डले एन.एम.वि. क्यापिटल,लक्ष्मी क्यापिटल, सिबिआईएल क्यापिटल र एनआईसि एशिया क्यापिटललाई जरिवाना तिराएको हो ।

एन.एम.वि. क्यापिटल,लक्ष्मी क्यापिटल, सिबिआईएल क्यापिटलाई ३५ हजार तथा एनआईसि एशियालाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको बोर्डले जनाएको छ ।

योजना व्यवस्थापकहरुको स्थलगत तथा ग्रैह्रस्थलगत निरीक्षणको क्रममा सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) को खण्ड (ङ) को व्यवस्था बमोजिम काम नगरेको पाइएपछि कारबाही गरिएको प्रवक्ता निरज गिरीले जानकारी दिए ।

उक्त व्यवस्था अनुसार योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दश प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा तोकिएको छ ।

सिबिआइएल क्यापिटल लि, एनआईसि एशिया क्याापिटल लि., लक्ष्मी क्यापिटल मार्केट लि. र एनएमबि क्यापिटल लि.ले संचालन गरेको कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी बैंक निक्षेपमा लगानी गरेको पाइएको बोर्डले जनाएको छ ।

धितोपत्र सम्वन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उलंघनको स्तरको आधारमा वोर्डवाट पहिलो पटक देहाय अनुसारको आर्थिक जरीवाना गरिएको हो ।

यसवाट धितोपत्र व्यवसायीहरुको नियमपालनाको अवस्था मजवुत हुन गई स्वस्थ एवं व्यवस्थित वजारको विकास हुने वोर्डको अपेक्षा रहेको छ ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।