डिल्ली अधिकारी बने नेपाल टेलिकमको प्रबन्ध निर्देशक

Jan 07, 2019 Merolagani



नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा खुला प्रतिस्पर्धाबाट डिल्ली अधिकारी नियुक्त भएका छन् । पाँच महिनादेखि रिक्त प्रबन्ध निर्देशक पदपूर्तिका लागि तीन सिफारिस भएका थिए । सिफारिसमा परेका अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै अघिकारीले बजी मारेका हुन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकमका अध्यक्ष महेन्द्र मान गुरुङ संयोजकत्वको समितिले डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम टेलिकमको प्रबन्ध निर्देशकका लागि सिफारिस गरेको थियो ।

सिफारिस समितिका सिफारिसबाट बिहीबारको मन्त्रिपरिषद् बैठकले टेलिकममा नै कार्यरत दशौं तहमा कार्यरत अधिकारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी यसअघि प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा कार्यरत रहेका थिए ।

अधिकारीलाई सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग उनको खास निकटता रहेकोले टेलिकमभित्रै पनि उनलाई भावी प्रबन्ध निर्देशकको रुपमा हेरिँदै आइएको थियो ।

यसअघि निर्देशक रहेकी कामिनी राजभण्डारीलाई सरकारले साउन २९ गते बर्खास्त गरेपछि उक्त पद खाली थियो ।

टेलिकमको प्रबन्ध निर्देशकको लागि १० जनाको आवेदन परेकोमा छनौट समितिले ८ जनाको संक्षिप्त सूचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना र अन्तवार्तामा बोलाएको थियो।

व्यवसायिक कार्ययोजनासहित अन्तर्वार्तामा बोलाइएका आवेदकहरुको प्रस्तुतिको आधारमा अधिकारी, पहाडी र आचार्यलाई समितिले सिफारिस गरेको थियो ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।