इन्भेष्टमेण्ट बैंकले स्थापना गर्यो सातै प्रदेशमा प्रादेशिक कार्यालय

Jan 14, 2019 Merolagani



नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जनाएकाे छ । 

जसअन्तर्गत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगर, प्रदेश नं.२को वीरगञ्ज, प्रदेश नं.३ को नारायणचौर (नक्साल) मा तोकिएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवा तथा कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जनाएको छ ।

प्रदेश नं.१ को प्रादेशिक कार्यालयले ९ वटा शाखा, प्रदेश नं २, र गण्डकी प्रदेश तथा कर्णालीप्रदेश र प्रदेश ७ ले ६ वटा शाखा, प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० वटा शाखाको कार्यसम्पादनमा समन्वय गर्ने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकिङ्ग सेवा नपुगेका स्थानीयतहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखाकार्यालय मार्फत सेवा दिइरहेको छ ।

बैंकको ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखा रहित बैंकिङ्ग सेवा तथा १०९ वटा एटिएमबाट आफ्नो वित्तिय सेवालाई फराकिलो पार्दै आएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।