माछापुच्छ्रे बैंकको नगद लाभांश वितरण

Jan 16, 2019 Merolagani



माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश वितरण गरेको छ। बैंकको पुस २० गते सम्पन्न २० औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

शेयर डिम्याट गराएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई बैंकले उनीहरुकै बैंक खातामा नगद लाभांश पठाएकाे जनाएकाे छ । 

हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी सदस्यहरुलाई यस बैंकको कुनैपनि शाखामा गएर डिम्याट खाता खोल्न बैंकले अनुरोध गरेको छ ।

बैंकले यसअघिका वर्षहरुमा वितरण गरिएको लाभांश लिन बाँकी रहेको शेयरधनीहरुलाई बैंकको शेयर शाखा पुतलीसडकमा सम्पर्क गरि उक्त लाभांश बुझिलिन सूचित गरेको छ ।

यस्ताे छ बैंकले जारी गरेकाे सूचना :-




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।