एनएमबि बैंकको ऋणपत्रले कति पायो रेटिङ्ग ?

Jan 26, 2019 Merolagani

एनएमबि बैंक (NMB) ले निष्काशन गर्न लागेका ३ अर्ब रुपैयाँको ऋणपत्रले रेटिङ्ग कम्पनी इक्रा नेपालबाट ‘इक्रा एनपी एलए माइनस’ रेटिङ्ग पाएको छ । यसले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ ।

बैंकले व्यवसया विस्तारको सार्थ पूँजी प्रयाप्तता अनुपात सुधार गर्नका लागि ऋणपत्र निष्काशन गर्न लागेको जनाएको छ । ७ वर्षका अवधिका लागि निष्काशन गर्न लागिएको उक्त ऋणपत्रको ब्याजदर भने तय भैसकेको छैन ।

दीर्घकालीन स्रोतको अभावले बैंकलाई थप ऋण लगानी गर्न स्रोतको अभाव हुने रबैंकिङ प्रणालीमा कर्जायोग्य पुँजीको अभाव भएपछि बैंकहरुले ऋणपत्रलाई पुँजी जुटाउने माध्यमको रुपमा उपयोग गर्न थालेका छन् । कतिपय बैंकले ऋणपत्र जारी गरिसकेका छन् भने केही प्रकृयामा रहेका छन् ।

बैंकले विदेशी संस्थाबाट डेढ अर्ब रुपैयाँ ऋण ल्याइसकेको छ भने थप डेढ अर्ब रुपैयाँ ल्याउनका लागि अनुमति पाइसकेको छ । हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ ।

साथै बैंकले यसअघि जारी गरेको ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको जुन रेटिङ्ग गराउँदा ‘इक्रा एनपी एलए माइनस’ प्राप्त गरेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।