इन्फ्राष्ट्रक्चर बैंकले कारोबार अनुमति पाएपछि सार्वजनिक गर्यो योजना

Feb 11, 2019 Merolagani



सर्वसाधारणका  लागि ८ अर्बको शेयर 

नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले आफ्ना आगामी योजना सार्बजनिक गरेको छ। साथै बैंकलाई सोमबार (आज) राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले वित्तीय कारोबार गर्ने इजाजत प्रदान गरे ।

४० अर्ब अधिकृत पूँजी, २० अर्ब जारी पूँजी र १२ अर्ब चुक्ता पूँजी रहेको बैंकले बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधारमा लगानी गर्ने जनाएको छ । त्यस्तै बैंकले सर्वसाधारणका  लागि ८ अर्बको शेयर जारी गर्ने छ।

बैंकले यातायात, कृषि, उर्जा, पर्यटन, विशेस आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतमा लगानी गर्ने छ।

सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको बैंकको मुख्य कार्यक्षेत्र अन्र्तगत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने रहेको छ। साथै पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्यस्रोत जुटाउने काम पनि कम्पनीले गर्ने छ।

नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम सरकारसहित केही वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानीमा २०७५ जेठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

राष्ट्र बैंकबाट कारोबार इजाजत पाएको बैंकले स्थापनार्थ सहयोग गर्ने अर्थ मन्त्रालय–नेपाल सरकार, उद्योग मन्त्रालय–नेपाल सरकार, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, संस्थापकहरु, बैंक संचालक समिति, संचारकर्मी, कर्मचारी लगायत सम्पुर्ण सुवेच्छुकहरुमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा सहयोग र साथको अपेक्षा गरेको छ ।

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।