शिखर इन्स्योरेन्सको बीमाशुल्क अर्बको बाटोमा, प्रतिशेयर आम्दानी ४० रुपैयाँ

Feb 12, 2019 Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो ७.८३ प्रतिशतले बढी हो। कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा १९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ९० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा यो ३ करोड ९० लाख रुपैयाँले बढी हो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८६ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट २० करोड ४६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकारमा सुधार भएको छ। गत वर्ष पुस मसान्तमा १२ करोड ५३ लाख रुपैयाँ रहेको जगेडा कोषको आकार अहिले ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

शिखरले बीमा कोषमा पनि २२ करोड ३४ लाख रुपैयाँले सुधार गरेर ९५ करोड ७१ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको बीमा कोषमा ७३ करोड ३७ लाख रुपैयाँ सञ्चित थियो ।

इन्स्योरेन्सको महाविपत्ति कोषमा ५ करोड २९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले एक लाख ५९ हजार ९०९ वटा बीमा लेखा जारी गरी १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने २६ हजार ३२२ वटा बीमालेख नवीकरण भएका छन्।

कम्पनीले कुल ३ हजार ७२१ वटा दाबी वापत ७४ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १७६ वटा दाबी वापत ७३ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ एक पैसा, प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ५१ पैसा, र मुल्य आम्दानी अनुपात २३.२७ गुणा बढी छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।