नबिल बैंकले बल्ल डाक्यो एजिएम, १०% संस्थापक शेयर साधारणमा परिवर्तन गर्दै

Feb 18, 2019 Merolagani

नबिल बैंक (NABIL) ले निकै ढिलो गरि बैंकको ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले यसअघिका वर्षहरुमा पहिलो त्रैमासमा नै साधारण सभा सम्पन्न गर्दै आएकोमा गत आवकाे साधारण सभा भने तेस्रो त्रैमासमा धकेलिएको हो।

बैंकले फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे ३४ औं वार्षिक साधारण सभा डाकेको छ।

सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार फागुन १३ गतेसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।

यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ ।

बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ । फागुन ५ गते आइतबार बैंकको साधारण शेयरमूल्य ८०७ रुपैयाँ र संस्थापक शेयरको शेयरमूल्य ७२४ रुपैयाँ रहेको छ । दुई बीचमा प्रतिकित्तामा ८३ रुपैयाँ मूल्यअन्तर रहेको देखिन्छ।

यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।