नबिल बैंकको कति कित्ता संस्थापक शेयर हुँदैछ साधारणमा रुपान्तरण ?

Feb 18, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
नबिल बैंक (NABIL) ले फागुन २७ गते बैंकको ३४ औं वार्षिक साधारण सभा डाकेकाे छ। बैंकले साे सभाबाट संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको छ।

बैंकले सबिकमा सार्वजिनक बोलकबोल मार्फत बिक्री गरेको चुक्ता पूँजीको १० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा रुपान्तरण गर्न बैंक सञ्चालक समितिले निवेदन दिई स्वीकृती प्राप्त भैसकेको जनाएको छ । 

बैंक सम्बद्ध स्रोतले एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको ८० लाख ३७ हजार २९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गर्ने प्रस्ताव साधारण सभामा पेश हुने जनाएको छ ।

यसअघि गत पुस १९ गते नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको शेयर दुईपटक गरेर सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थामा टेकेर बैंकले शेयर रुपान्तरण गर्न लागेको जनाएको छ ।

राष्ट्र बैंकको निर्देशनमा संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ख्याल गरी बढीमा १० प्रतिशतसम्म र दुईपटक मात्रै गर्न सकिने बनाइएको थियो ।

जसमा बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्ष पूरा गरेको हकमा धितोपत्र विनिमय बजार मार्फत खरीद, बिक्री गर्ने प्रयोजनाका लागि संस्थापकको शेयर लगानी अनुपात समानुपातिक रुपमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्नसक्ने शर्त थियो ।

सो निर्देशनमा एकपटक सर्वसाधारण शेयरमा परिणत गरेको शेयर पुनःसंस्थापक समूहको शेयरमा परिणत गर्न नपाइने व्यवस्था समेत रहेको थियो।

बैंकको साधारण शेयरमूल्य फागुन ५ गते आइतबार ८०७ रुपैयाँ र संस्थापक शेयरको शेयरमूल्य ७२४ रुपैयाँ रहेको छ । दुई बीचमा प्रतिकित्ता शेयरमूल्यमा ८३ रुपैयाँ मूल्यअन्तर रहेको देखिन्छ।

यसअघि राष्ट्र बैंकले गत आवको नाफाबाट प्रस्ताव गरिएको १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश सहित बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने एजेण्डा रहेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।