ब्याजदरको बिषय मौद्रिक नीतिको समिक्षा मार्फत सम्बोधन हुने

Feb 18, 2019 Merolagani

सरकारले ब्याजदरको सन्दर्भमा वित्तीय बजार र व्यवसायीक क्षेत्रमा देखिएको अन्योलता चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत सम्बोधन गर्ने भएको छ । सोमबार अर्थमन्त्रालयमा सरकार र व्यवसायीबीच भएको छलफलका क्रममा सो जानकारी गराईएको हो ।

सोमबार बस्ने राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा पारित गर्ने भएको छ । ब्याजदर नियन्त्रण गर्न व्यवसायीले राखेको माग मौद्रिक नीतिको समक्षिा मार्फत सम्बोधन हुनेमा व्यवसायी आशावादी देखिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले आवश्यक पहल चाल्नेमा व्यवसायी आशावादी रहेको बताईन ।

राष्ट्र बैंकले बैंकहरुलाई कर्जाको ब्याजदर घटाउन निर्देशन दिने संकेत राष्ट्र बैंकबाट मिलेको उल्लेख गर्दे उनले आजै बस्ने राष्ट्र बैंक संञ्चालक समितिबाट निर्णय हुने विश्वास व्यक्त गरिन । व्यवसायीले ब्याजदरमा सन्दर्भमा उठाएका मुद्दा सम्बोधन गर्न गभर्नर नेपाल सकारात्मक रहेको उनको भनाई छ ।

आज बस्ने राष्ट्र बैंक संचालक समितिको बैठकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गर्ने मिति तय गर्ने पनि बताईएको छ ।

सोमबार बढ्दो व्याजदरलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा अर्थमन्त्रालयमा भएको बैठकमा व्यावसायी व्यवसायीबीच नै चर्काचर्की परेको थियो । बैंक व्याज दरको बिषयमा नेपाल उद्योग बाणिज्य महासंघले उठाएको मुद्दालाई नेपाल परिसंघका प्रतिनिधिहरुले औचित्यहीन भनेपछि दुबैपक्षबिच चर्काचर्की भएको हो ।


comments powered by Disqus

लकडाउनको असरः दर्जनबढी कम्पनीको साधारणसभा रोकियो, हकप्रद र आइपीओ जारी गर्नै पाएनन्

May 31, 2020 07:12 PM

रविन पाैडेल

कोरोना भाइरसको असर न्यूनिकरणको लागि सरकारले गत चैत ११ गतेदेखि देश नै लकडाउन गरेको छ। लकडाउनको कारण अहिले आर्थिक गतिविधिहरु ठप्प भएका छन् भने पूँजी बजारमा पनि यसले ठूलो प्रभाव पारेको छ।