मोबाइल एपको माध्यमबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी फेसबुकलाई पठाइँदै

Feb 24, 2019 Merolagani

कयौँ स्मार्टफोन एपले आफ्ना उपयोगकर्ताहरुलाई जानकारी दिए बिना नै उनीहरुको व्यक्तिगत जानकारीहरु फेसबुकलाई पठाइरहेको खुलासा भएको छ। जसमा मानिसको शरिरको तौलदेखि एकदमै व्यक्तिगत र गोप्य जानकारीहरु पनि फेसबुकलाई पठाएको बताइएको छ।

समाचार पत्र ‘वाल स्ट्रीट जर्नल’ को जाँचका आधारमा तयार गरिएको रिपोर्टका अनुसार, विज्ञापनसँग सम्बन्धित विधिको प्रयोग गरेर आन्तरिक डेटा फेसबुकका साथ शेयर गर्न सकिन्छ । यद्यपी उक्त एप प्रयोगकर्ताले फेसबुकको प्रयोग गरोस् वा नगरोस् ।

रिपोर्टका अनुसार, एपद्धारा एकत्रित जानकारीमा प्रयोगकर्ताको शरिरको तौल, महिलाको गर्भावस्थाको स्थिति तथा अन्य शारिरीक जानकारी तथा उनीहरुले किनेको सामानको विवरण समेत शामिल रहेको छ ।

उता फेसबुकले यस मामलामा भनेको छ, हामी चाहन्छौँ कि एप डेभलपर्सले आफ्नो प्रयोगकर्ताहरुको बारेमा हामीलाई शेयर गरेको जानकारीलाई लिएर एकदमै स्पष्ट होस् र हामी उनीहरुलाई कुनै पनि व्यक्तिको संवेदनशील जानकारी पठाउनका लागि अस्वीकार पनि गर्दछौं।

एजेन्सीकाे सहयाेगमा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।