फेसबुकले आफ्नो छुट्टै क्रिप्टो करेन्सी ल्याउने

Mar 15, 2019 Merolagani



डेटा लीकको आरोपको सामना गरिरहेको दुनियाँको सबैभन्दा ठूलो सोशल नेटवर्किङ साइट फेसबुक अब क्रिप्टो करेन्सी बनाउने खबरलाई लिएर चर्चामा रहेको छ । मिडिया रिपोर्टका अनुसार, फेसबुकले छिट्टै नै आफ्नो छुट्टै करेन्सी ल्याउने भएको छ ।

उक्त करेन्सीका माध्यमबाट फेसबुक प्रयोगकर्ताहरुले म्यासेन्जर, इन्स्टाग्राम र व्हाट्सएपजस्ता सेवाका माध्यमबाट एक अर्कालाई पैसा ट्रान्सफर गर्न सक्नेछन् । यति मात्र नभई फेसबुक अब छिट्टै नै ब्लकचेन बेस्ड यूजर अथेन्टिकेशन फीचर जोड्न गइरहेको छ ।

हालैमा इटालीका केही फेसकबुकले एन्ड्रोइड र आईओस प्रयोगकर्ताहरुलाई फेसबुक प्रयोग गर्दाको समयमा नयाँ ‘पे विथ फेसबुक’ अप्सन देखाइरहेको छ । इटालीका फेसबुक प्रयोगकर्ताहरु जसले आफ्नो स्थानीय भाषा इटालियन छानेका थिए उनीहरुका अनुसार, एप्लीकेसन प्रयोग गर्दाको समयमा उनीहरुलाई ‘पे विथ फेसबुक’ अकाउन्ट सेटअप गर्ने अप्सन प्राप्त भएको थियो ।

फेसबुकले योभन्दा पहिले नै म्यासेन्जर एपमा पेमेन्ट फीचरको प्रयोग गर्दै आइरहेको छ । जसमा प्रयोगकर्ताहरुले अन्य देशका प्रयोगकर्ताहरुलाई पैसा ट्रान्सफर गर्न सक्नेछन् । तर नयाँ ‘पे विथ फेसबुक’ त्योभन्दा धेरै नै फरक रहेको बताइएको छ ।

फेसबुकले आफ्नो क्रिप्टो करेन्सीलाई ‘फेसबुक क्वाइन’ नाम दिन सक्ने र त्यसलाई ‘पे विथ फेसबुक’ फीचरबाट प्रयोग गर्न सकिने बताइएको छ ।

विश्वको पहिलो क्रिप्टो करेन्सी बिटक्वाइन हो, जसलाई सन् २००९ मा जापानको सतोषी नाकमोतो नामक इन्जिनियरले विकसित गरेका थिए । एजेन्सी




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।