माउन्टेन हाईड्रोको आईपिओ बाँडफाँड, ४७% आवेदकले ४० कित्ता पाए

Mar 17, 2019 Merolagani

माउन्टेन हाईड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपिओ) चैत ३ गते आइतबार सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड भएको छ। आईपिओमा आवेदक गरेर सदर भएका २३ हजार ९६५ आवेदकले ४० कित्ता शेयर प्राप्त गरेका छन् भने २६ हजार ९७३ आवेदकले ३० कित्ता शेयर पाएका छन्।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका सबै ५० हजार ९३८ जना आवेदकलाई ३० कित्ताका दरले १५ लाख २८ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। यसरी बाँडफाँड गरेर बाँकी रहेको दुई लाख ३९ हजार ६५० कित्ता शेयर गोलाप्रथाबाट ५० देखि ९ हजार ७५० कित्तासम्म आवेदन गरेका ५० हजार ९३८ आवेदकमध्ये भाग्यमानी २३ हजार ९६५ आवेदकले ४० कित्ताका दरले प्राप्त गरेका हुन् । २६ हजार ९७३ आवेदकले भने ३० कित्ता प्राप्त गरे ।

यसरी हेर्दा कूल आवेदकको ४७.०५ प्रतिशत आवेदकले ४० कित्ता र ५२.९५ प्रतिशत आवेदकले ३० कित्ता प्राप्त गरे।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म आयोजना प्रभावित बासिन्दाबाट अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल एक सय रुपैयाँ अंकित दरका १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

जसमध्ये १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणको आवेदन मागिएको थियो । भने ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । ३६ हजार ३२२ कित्ता कर्मचारीहरुलाई छुट्टाइएकोमा कर्मचारीहरुले ८ हजार ३२० कित्ता शेयर माग खरिद गरेका छन् । बाँकी २८ हजार २ कित्ता शेयर सर्वसाधारणमा थपेर १७ लाख ६७ हजार ७९० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

सर्वसाधारण तर्फको आईपिओ शेयरमा ५० हजार ९५४ जना आवेदकले ३३ लाख ९६ हजार ३५० कित्ता शेयर माग गरेका थिए। जसमध्ये १६ आवेदनबाट परेको एक हजार ५४० कित्ता शेयर रद्ध र ३३ लाख ९४ हजार ८१० कित्ता सदर भएको थियो। आईपिओमा १.९२ गुणा बढी आवेदन परेको थियो।

माउन्टेनले पाँचथर जिल्लामा ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ लागतमा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको विवरणपत्र अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले प्रतिशेयर ६ रुपैयाँ १४ पैसा नोक्सानी व्यहोर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ मा २ रुपैयाँ २८ पैसा र ०७७/७८ मा ३ रुपैयाँ ६३ पैसा वार्षिक प्रतिशेयर आम्दानी गर्ने कम्पनीको प्रक्षेपण छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।