प्रदेशस्तरमा उक्लिन २ विकास बैंकबीच मर्जर सम्झौता

Mar 17, 2019 Merolagani

राष्ट्र बैंकको पूँजी योजनाको असर अहिले बैंक तथा वित्तीय संस्थाहरुमा देखिन थालेको छ । अर्कातिर प्रदेशस्तरमा उक्लिनका लागि पूँजी वृद्धिको अरु उपकरण नभएका कारण पनि न्युन पूँजी भएका बैंक तथा वित्तीय संस्थाहरुले अर्जरको क्रमलाई तिब्रता दिएका छन् ।

मर्जर निती अवलम्बन गर्दै राष्ट्र बैंकले ल्याएको पूँजी योजना अनुसार बैंक तथा वित्तीय संस्था नगई ठूलो मात्रामा हकप्रद र बोनस जारी गर्न केन्द्रित भएका थिए । तर मुलुक संघीय संरचनामा गए पछिको नयाँ व्यवस्थाले कतिपय संस्थालाई फेरी मर्जरको बाटोमा डोर्याएको छ ।

केही समय यता फाइनान्स तथा विकास कम्पनीहरु एक्विजिशन तथा मर्जरमा गइसकेको अवस्थामा आइतबार २ विकास बैंकहरु मर्जरमा जानका लागि अन्तिम कसरतमा लागेका छन् ।

अहिले पूँजी वृद्धि अनुसार कमाई हुन नसकिरहेको अवस्था र व्याजको स्प्रेडमा हुन लागेको कडाईले पनि संस्था सञ्चालनमा नै समस्या देखिने अवस्था आउन लागेको छ । यही अवस्थालाई मध्यनजर गर्दै मझौला किसिमका वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनको बाटोमा अघि बढ्न थालेको देखिन्छ ।

आइतबार मात्र बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएका मिसन डेभलपमेण्ट बैंक (MIDBL) र तिनाउ विकास बैंक (TNBL) एक आपसमा मर्जरमा जाने कसरतलाई अन्तिम रुप दिन लागेका छन । अहिले मिसन डेभलपमेण्ट बैंकको सञ्चालक समितिको बैठक चलिरहेको छ भने तिनाउ विकास बैंकको सञ्चालक समितिको बैठक बस्ने तयारी भैरहेको छ ।

दुवै बैंकले यस अघि मर्जरका सम्बन्धमा गरिएका अनौपचारिक विषयलाई औपचारिक रुपमा परिणत गरि सञ्चालक समितिबाट अनुमोदन गर्ने कार्यक्रम छ । दुवै संस्थाले औपचारिक रुपमा मर्जरको बाटो खाले पछि आइतबार साँझ नै एक आपसमा मर्जरका विषयमा सम्झौता समेत हुन सक्ने बताइएको छ ।

कुन मोडलमा अघि बढ्ने, शेयर स्वाप कति हुने लगायतका विषयमा भने सम्झौता अघि केही खुलेको छैन ।

तिनाउ विकास बैंकको चुक्ता पूँजी ५६ करोड ७७ लाख रुपैयाँ तथा मिशनको ५७ करोड ६४ लाख रुपैंया चुक्ता पूँजी छ ।

आइतबार तिनाउ विकास बैंकको प्रतिकित्ता शेयर १६९ रुपैयाँमा किनबेच भएको छ भने मिसनको प्रतिकित्ता १६० रुपैयाँको दरमा किनबेच भएको छ ।

राष्ट्र बैंकले इजाजतप्राप्त विकास बैंक र फाइनान्स कम्पनी एक प्रदेश वा राष्ट्रियस्तरमा संचालन हुनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्रियस्तरमा संचालन हुने विकास बैंकहरुले यसअघि कै व्यवस्था अनुसार न्यूनतम दुई अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने छ भने प्रदेशस्तरमा रहने विकास बैंकले एक अर्ब २० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।

मिशन र तिनाउको अहिलेको पूँजीकमा आधारमा एक बराबर एक अनुपातमा शेयर आदान प्रदान भएको खण्डमा नयाँ संस्थाको चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैंया माथि हुनेछ । प्रदेशस्तरको विकास बैंक बन्नका लागि मर्जर पछि बन्ने संस्थाले थप ६ करोड रुपैंया बराबरको पूँजी बिस्तार गर्नुपर्ने हुन्छ ।
वित्तीय संस्थाहरुमा आउन थालेको यो मर्जरको शिलशिलाले राष्ट्र बैंकको मर्जर नितीलाई भने टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

केही दिन अघि मात्र ग्लोबल आईएमई बैंकले धरानमा मुख्य कार्यालय रहेको हाथवे फाइनान्सलाई आफुमा विलय गर्ने सम्झौता गरेको थियो । यसभन्दा पहिले प्राइम बैंकले ओम डेभलपमेण्ट बैंकलाई आफुमा विलय गर्ने सम्झौता गरेको थियो ।

यस बीचमा अधिकांश बैंक वित्तीय संस्था, लघुवित्त कम्पनीहरुले साधारण सभामा मर्जरको बाटो खोल्ने विषयमा प्रस्तावहरु लगिरहेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।