वोमी माइक्रोफाइनान्सले माग्यो हकप्रद अनुमति,चुक्ता पूँजी २० करोड नाघ्ने

Mar 25, 2019 Merolagani



वोमी माइक्रोफाइनान्स वित्तीय संस्था (WOMI) ले चुक्ता पूँजी बराबर (शतप्रतिशत) हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डसँग चैत ८ गते अनुमति मागेको छ। लघुवित्तले १० लाख १० हजार ८८० कित्ता हकप्रद बिक्री गर्न बोर्डमा निवेदन दिएको हो।

हकप्रद बिक्रीका लागि कम्पनीले सिद्धार्थ क्यापिटल नक्साललाई बिक्री प्रबन्धक तोकेको छ । गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियाे। 

गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले बोनस छाडेर हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको हो। शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ।

यसका साथै यस लघुवित्तले सातौं वार्षिक साधारण सभाबाट राष्ट्रिय स्तरको कार्यक्षेत्रमा जाने निर्णय गरेको छ भने यस लघुवित्त र नागरिक लघुवित्त मर्जरमा जाने सम्झौता गरेपश्चात कम्पनीको शेयर कारोबार फागुन २६ गतेदेखि रोक्का रहेको छ ।

चालु आवको दोस्रो त्रैमासमा वोमीले २ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसा कायम गरेको छ । लघुवित्तको शेयर अन्तिम पटक एक हजार ११६ रुपैयाँमा कारोबार भएको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।