सहयोगी विकास बैंककाे लाभांश वितरण, डिम्याटमा बैंक खाता अद्यावधिक गर्न आग्रह

Mar 25, 2019 Merolagani



सहयोगी विकास बैंक (SBBLJ) ले गत आयिर्थक वर्षको नाफाबाट वितरण गरेको १७ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गरेको छ। बैंकले फागुन ३० गतेसम्म हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको जनाएको छ ।

बैंकले सो मितिपछि बैंक खाता अद्यावधिक गराउने शेयरधनीको लाभांश पनि शेयरधनीको खातामा नै वितरण्म गर्ने भन्दै आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यकहाँ गएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ ।

यस्तै फागुन १२ गतेसम्म शेयर धितोमा राखि कर्जा लिएका शेयरधनीहरुको हकमा भने नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थावाट नो अब्जेसन लेटर प्राप्त भएपछि मात्रै बैंक खातामा जम्मा हुनेछ ।

हालसम्म पनि भौतिक रुपमा शेयर प्रमाणपत्र राख्ने शेयरधनीहरुलाई बैंकले आफुसँग भएको शेयर अभौतिकरण गराएर हितग्राही खाता जम्मा गर्न र सो खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ ।

यसरी शेयर डिम्याट खातामा जम्मा भएर बैंक खाता अद्यावधिक गराएको दुई हप्ता भित्र नगद लाभांश जम्मा हुने बैंकले जनाएको छ । डिम्याट खातामा बैंक खाता नमिलेर लाभांश वितरण हुन नसकेको शेयरधनीको विवरण बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेवसाइटमा राखिएको बैंकले जनाएको छ।

बैंकको फागुन २५ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट १७ प्रतिशत (कर सहित) नगद लाभांश पारित भएको थियो ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।