गुराँस लाइफ इन्स्योरेन्स माछापुच्छ्रे बैंक बीच बैंकासुरेन्स सम्झौता

Apr 10, 2019 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ । माछापुच्छ्रे बैंक लिमिटेडको कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्सका सबै बीमा सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंक को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात माछापुच्छ्रे बैंकका सेवाग्राहीले बैंकको कुनैपनि शाखाबाट गुराँस लाइफको सेवा लिन सक्ने छन् । गुराँस लाइफले नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

वार्षिक नगद फिर्ता जीवन बीमा, एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्दै आईरहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।