युनियन हाइड्रोपावरको आईपिओमा करिब ३२ करोडको आवेदन, बिक्री छिटै बन्द हुन सक्ने

Apr 12, 2019 Merolagani

युनियन हाइड्रोपावर कम्पनी (UPCL) ले चैत १३ देखि खुला गरेको साधारण शेयर (आईपिओ) मा चैत २९ गते शुक्रबार बिहान १०ः३० बजे सम्ममा ३१ करोड ८५ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

युनियन हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटका अनुसार करिब ३९ हजार ७२९ जना आवेदकबाट ३१ करोड ८५ लाख ३२ हजार रुपैयाँ बराबरको ३१ लाख ५८ हजार ३२० कित्ता शेयर माग भएको हो । 

युनियन हाइड्रोपावरले चैत १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशनमा ल्याएको हो । कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ३४ लाख ६३ हजार ६५४ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यस अनुसार अब ३ लाख ५ हजार ३३४ कित्ता शेयर मात्र बिक्री हुन बाँकी छ ।

युनियनले आईपिओमा चैत १७ गतेसम्म सबै शेयर बिक्री नहुँदा आवेदन गर्ने समय लम्बिएको हो। अब ढिलोमा बैशाखा १२ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन परेको खण्डमा जुनसुकै समयमा पुर्व सूचना दिएर बिक्री प्रबन्धकले निष्काशन बन्द गर्न सक्नेछ।

आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था छ । धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका सार्थ मेरो शेयर सफ्टवेयरबाट पनि आईपिओ भर्न सकिनेछ।

युनियन हाइड्रोपावरले निमार्ण गरेको ३.३ मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ भने २३ मेगावाटको मेवाखोला प्रोजेक्ट निर्माणको अनुमति पाएको छ । हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।