धितोपत्र बोर्डले रेडियो मार्फत पनि लगानीकर्ताका समस्या सम्बोधन गर्ने

Apr 12, 2019 Merolagani



नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण गर्ने भएको छ। बोर्डको नीति तथा कार्यक्रम लगानीकर्ताहरुलाई धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सचेतना अभिवृद्धी गर्ने, धितोपत्र बजारसम्बन्धी गुनासो तथा समस्याहरु संबोधन गर्ने उद्देश्यले बोर्डले रेडियो कार्यक्रम प्रशारण गर्न लागेको हो।

उक्त रेडियो कार्यक्रम मासिक रुपमा रेडियो कान्तिपुरबाट प्रशारण गर्ने बोर्डले जनाएको छ। चैत २९ गते शुक्रबार नेपाल धितोपत्र बोर्ड र कान्तिपुर एफएमबीच कार्यक्रम प्रशारण सम्बनधी संझौता भएको हो ।

“लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम” हरेक महिनाको पहिलो बुधबार बिहान ७ः३० बजेदेखि ८ः०० बजेसम्म रेडियो कान्तिपुरबाट प्रशारण बोर्डले जनाएको छ । त्यस अनुसार बैशाख ४ गते पहिलो कार्यक्रम प्रशारण हुनेछ।

कार्यक्रमलाई क्रमशः पाक्षिक र साप्ताहिक रुपमा प्रशारण गर्दै लाने बोर्डको योजना छ ।

गत असोज महिनादेखि पाक्षिक रुपमा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७ः४० बजेदेखि ७ः५५ सम्म रेडियो नेपालमार्पmत धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।

                                                                                                                                                                                                                                                                                                       




हकप्रद घोषणा गर्दै मूल्य बढाउँदै कम्पनीहरु

Apr 02, 2025 06:07 AM

बाबुकृष्ण महर्जन

नेप्सेमा हालै लघु बीमा कम्पनीअन्तर्गतको पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सूचीकृत भयो । हालै आइपीओ जारी भएर सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य २३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।