लुम्बिनी जनरल इन्स्योरेन्सले पनि हकप्रद बेचेरै थप पूँजी जुटाउने

Apr 19, 2019 Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले चुक्ता पूँजी बृद्धि गर्न हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले बैशाख २५ गते विहान ११ बजे अमृतभोग क्याटरिङ्गस्, कालिकास्थान, काठमाडौंमा विशेष साधारण सभा डाकेको हो ।

साधारण सभामा इन्स्योरेन्सले हाल कायम चुक्तापूँजी ८८ करोड रुपैयाँको २० प्रतिशत अर्थात १० बराबर २ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

२० प्रतिशत हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ । त्यस अनुसार चुक्ता पूँजी बृद्धि गर्न इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

यस्तै इन्स्योरेन्सले हालको अधिकृत पूँजी एक अर्बबाट एक अर्ब २५ करोड रुपैयाँ पुर्याउने पनि विशेष प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि बैशाख १५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख १२ गते बिहीबार सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

 

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।