लुम्बिनी जनरल इन्स्योरेन्सले पनि हकप्रद बेचेरै थप पूँजी जुटाउने

Apr 19, 2019 Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले चुक्ता पूँजी बृद्धि गर्न हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले बैशाख २५ गते विहान ११ बजे अमृतभोग क्याटरिङ्गस्, कालिकास्थान, काठमाडौंमा विशेष साधारण सभा डाकेको हो ।

साधारण सभामा इन्स्योरेन्सले हाल कायम चुक्तापूँजी ८८ करोड रुपैयाँको २० प्रतिशत अर्थात १० बराबर २ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

२० प्रतिशत हकप्रद निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ । त्यस अनुसार चुक्ता पूँजी बृद्धि गर्न इन्स्योरेन्सले हकप्रदको बाटो रोजेको हो ।

यस्तै इन्स्योरेन्सले हालको अधिकृत पूँजी एक अर्बबाट एक अर्ब २५ करोड रुपैयाँ पुर्याउने पनि विशेष प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि बैशाख १५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख १२ गते बिहीबार सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

 

 




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।