सेञ्चुरी बैंकको लाभांश पारित, तीन सञ्चालन निर्विरोध

Apr 26, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) को आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ। बैशाख १२ गते बिहीबार सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।

आठौं वार्षिक साधारण सभाबाट २ प्रतिशत बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ। आ.व. २०७५/७६ को पुस मसान्तसम्म बैंकले कुल ६४ अर्ब १२ करोड निक्षेप संकलन गरि ५९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ। यसबाट बैंकले ७४ करोड २ लाख सञ्चालन मुनाफा तथा ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको थियो।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।