मल्टिपर्पस फाइनान्सको नाफा खस्कियो

May 07, 2019 Merolagani

मल्टिपर्पस फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा फाइनान्सको खुद नाफा १७ लाख अर्थात ४१ प्रतिशतले खुम्चिएको हो ।

गत वर्ष फाइनान्सले ४२ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ४ करोड १४ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा दुई करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।
चैत मसान्तसम्ममा २१ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गतरेको फाइनान्सले २२ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा फाईनान्सले एक करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा झिनो प्रतिशतले खस्किएको हो । गत वर्ष फाइनान्सले एक करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात ३.६९ प्रतिशत छ । फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३३ पैसा छ । मूल्य आम्दानी १८.६ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।