लक्ष्मी लघुवित्त प्रदेश नं २ को सबै जिल्लामा

May 08, 2019 Merolagani



लक्ष्मी लघुवित्त(LLBS) को २ नं प्रदेशको सबै जिल्लामा पहुँच पुगेको छ। रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको हर्षाहमा बैशाख २५ गते ६५ औं शाखा स्थापनासँगै लघुवित्तले सबै जिल्लामा आफ्नो उपस्थिती कायम गरेको हो।

उक्त शाखाको उद्घाटन वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बु र प्रमुख अतिथी तथा वृन्दावन न.पा.का मेयर राम स्नेही राय यादवले संयुक्त रुपमा गरेका थिए।

लक्ष्मी लघुवित्त नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । संस्थाको अधिकृत पूँजी ४० करोड र चुक्ता पूँजी २४ करोड २० लाख छ । संस्थाले विपन्न वर्गका परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्य लिएको छ।

संस्थाले चैत्र मसान्त २०७५ सम्ममा ४९ वटा जिल्लामा शाखा संजाल विस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट एक अर्ब १८ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४३ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ।

संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक संगको सहकार्यमा शाखा रहित बैँकिङ्ग एजेन्टको रुपमा कारोबार समेत सञ्चालन गर्दै आइरहेको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित कम्पनी हो।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।