लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद पारित

May 09, 2019 Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को बैशाख २५ गते बुधबार सम्पन्न बिशेष साधारणले चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ।

एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा असार मसान्तसम्म बीमा समितिबाट निर्धारित एक अर्ब चुक्ता कायम गर्नुपर्ने अवस्थाकोबीच हकप्रदमा जानुपरेको कम्पनीले जनाएको छ । 

सभालाई सम्बोधन गर्दै कम्पनी अध्यक्ष मनोहर दास मूललले आ.व. २०७४/०७५ को वित्तीय विवरणबाट बोनस शेयर वितरण गरी बीमा समितिबाट निर्धारित समयावधीमा चुक्ता पूँजी पूरा गर्ने योजना रहेपनि लक्ष्य अनुसार बोनस शेयर जारी गर्ने नसकिने अबस्था आएकोले सोको बिकल्पमा समयावधीमा चुक्ता पूँजी कायम गर्न १० शेयर बराबर २ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न प्रस्ताव गरिएको बताए।

सभाले कम्पनीको हालको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने र हालको चुक्ता पूँजी ८८ करोडको २० प्रतिशत बराबरको १७ करोड ६० लाखको हकप्रद जारी गरि एक अर्ब पाँच करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्ने निर्णय गरेको सर्वसम्मतिले पारित गरेको छ ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।