युनाइटेड इन्स्योरेन्सको खुद नाफा एक करोड ६४ लाख घट्यो, जगेडा कोष धनात्मक

May 10, 2019 Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) को खुद नाफा एक करोड ६४ लाख रुपैयाँले गिरावट आएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा युनाइटेडको खुद नाफा खुद नाफा १७.९१ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको यसै अवधिमा ९ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासममा ७ करोड ५५ लाख रुपैयाँमा झरेको हो।

गत वर्षको यसै अवधिमा ३० लाख रुपैयाँ ऋणात्मक रहेको युनाइटेडको जगेडा कोष भने धनात्मक बनेको छ। चैत मसान्तसम्ममा कम्पनीको जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ सञ्चित भएको छ। यस्तै बीमा कोषमा ३४ करोड ८ लाख, महाविपत्ती कोषमा एक करोड २१ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ७७ पैसा र मुल्य आम्दानी अनुपात ३१.१२ गुणा बढी छ ।

इन्स्योरेन्सको खुद बीमा शुल्क पनि ९८ लाख १४ हजार रुपैयाँले घटेको छ । यस अवधिमा इन्स्योरेन्सले २३ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २४ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै पुर्नबीमा कमिशनबाट २ करोड ९३ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले यस अवधि सम्ममा ४९ हजार ४३८ बीमालेख जारी गरि ३५ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

इन्स्योरेन्स कम्पनीले एक हजार ३१३ वटा दाबी वापत २३ करोड ६७ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । यस्तै एक हजार ६४९ वटा दाबी वापत २४ करोड ६३ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

चुक्ता पूँजी ३० करोड २४ लाख रहेको इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद निष्काशन गरेर बीमा समितिले तोकेको एक अर्ब पूँजी कायम गर्ने तयारी छ । गत चैत २९ गते ७२ करोड ५७ लाख रुपैयाँ बराबरको ७२ लाख ५७ हजार कित्ता हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति मागेको छ । हकप्रदपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।