कालिका पावरको नाफा ६ प्रतिशतले सुधार

May 14, 2019 Merolagani



कालिका पावर (KPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएकोे छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.१२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण लेखापरिक्षण हुन बाँकी छ भने गत वर्षको बित्तिय विवरण लेखापरिक्षण भएको हो ।

यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत १३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा पावर कम्पनीको विद्युत बेचेर एक करोड १२ लाख रुपैयाँ धेरै आम्दानी गरेको हो । गत वर्ष कम्पनीले १२ करोड ५० लाख रुपैयाँ विद्युत विक्री मार्फत आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ । मूल्य आम्दानी अनुपात १७.५६ गुणा बढी छ ।

 




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।