अमेरिका–चीन व्यापार युद्धको असरः आईफोनको मूल्य बढ्ने

May 17, 2019 Merolagani



विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनको व्यापार युद्धका कारण आईफोनको मूल्य ३ प्रतिशत महंंगो हुनसक्ने बताइएको छ । विश्लेषकका अनुसार, चीनमा बनिरहेको आईफोनको ब्याट्री र अन्य सामग्रीहरुको उत्पादन लागत २–३ प्रतिशतसम्म बढ्न सक्नेछ ।

अमेरिकाले १० मे देखि २०० अर्ब डलर बराबरको चिनीयाँ सामानमा लाग्ने शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ ।

चीनले त्यसको जबाफी कारबाही स्वरुप ६० अर्ब डलर बराबरको अमेरिकी सामानमा शुल्क बढाउने घोषणा गरेको छ । जुन १ देखि चीनले उक्त शुल्क वृद्धि लागू गर्दैछ ।

विश्लेषकका अनुसार, यदि एप्पलले आईफोनको विक्रीबाट योभन्दा पहिलेको जति नै नाफा कमाउन चाहन्छ भने उसले आईफोनको मूल्य बढाउनै पर्ने हुन्छ । आईफोनको मूल्य ३ प्रतिशत महंगो भएमा आईफोन एक्सएसको मूल्य १०२९ डलर पुग्नेछ । हाल यसको मूल्य ९९९ डलर रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३२५ अर्ब डलरको अतिरिक्त चिनीयाँ सामानमाथि पनि शुल्क बढाउने घोषणा गरेका छन् । उक्त शुल्क बढेमा एक आईफोनको उत्पादन लागत १२० डलर बढ्ने बताइएको छ । एजेन्सी




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।