मर्जर सम्बन्धी नीतिको आवश्यकता छ : बीमा समिति अध्यक्ष चापाँगाई

May 23, 2019 Merolagani



बीमा समितिका अध्यक्ष चिरन्जीवी चापाँगाईले बीमा व्यवसाय मर्जर सम्बन्धी नीतिको आवश्यकता रहेको औंल्याएका छन्। राजधानीमा आईबिएन मिडिया एण्ड रिर्सचले आयोजना गरेको ‘बीमा कम्पनीको मर्जर, आवश्यकता र चुनौति विषयक’ अन्तरकृया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मर्जर नीतिको आवश्यकता रहेको प्रस्ट पारेका हुन्।

बीमा समितिले यस अघि नै मर्जरमा जाने बीमकहरुको लागि विभिन्न छुटको अफर सहित बीमा कम्पनीहरुबीच मर्जरका लागि बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ जारी गरिसकेको छ। 

अझै पनि कतिपय बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको उल्लेख गर्दै मर्जरले यसमा टेवा पुग्ने उनको भनाई छ। ‘अहिले पनि कतिपय बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत पद खाली नै छ। त्यस्तै दक्ष जनशक्तिको पनि अभाव छ । बीमा कम्पनीहरु मर्जरमा गयो भने यसको समस्या केही हद सम्म कम हुन्छ।’ उनले भने।

संख्या कम भएमा बीमकहरुको निरिक्षण तथा सुपरिवेक्षण गर्न पनि सहज हुने उनको भनाई छ। सानो बीमा व्यवसाय बीमा संख्या धेरै भएकोले बिजनेश तानातान भएकोले पनि मर्जरमा जानुपर्ने उनले बताए।

पहिला लाइसेन्स दिएर फेरि मर्जरको औचित्यबारे उनले प्रस्टाउँदै भने, ‘मैले पेन्डेङ काम मात्र सकेको हो। सहि बेला सही निर्णय गरे जस्तो लाग्छ। त्यस कारणले पनि अहिलेको बीमा व्यवसाय १८ प्रतिशतमा विस्तार भएको छ। लाइसेन्स वितरण गर्नु र मर्जरमा जानु अलग कुरा हो।’

बीमा समितिले जारी गरेको मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिकाबारे अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।