नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००:३३ मा एक्वायर गर्ने

May 27, 2019 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले जेविल्स फाइनान्सलाई १००:३३ को अनुपातमा एक्वायर गर्ने भएको छ । जस अनुसार जेविल्स फाइनान्सका शेयधरनीहरुले सय कित्ता शेयर बराबर इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउनेछन् ।

र्बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको योजना अनुसार इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको थियो ।

अहिले इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ तथा जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ । जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब साढे २७ करोडले बढ्नेछ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।