आइसिएफसि फाइनान्सका शेयरधनीलाई चिरायु हस्पिटलको सेवामा छुट

May 27, 2019 Merolagani



आइसिएफसि फाइनान्स लिमिटेड (ICFC) र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि बीच सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार फाइनान्सका कर्मचारी, कर्मचारीका परिवार, फाइनान्सका ग्राहक, डेबिट कार्ड होल्डर एवम् फाइनान्सका शेयरधनीहरुलाई चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि.मा उपचार गराउ“दा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्भौतापत्र मिति जेष्ठ १३ गते सोमबार फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र हस्पिटलका संचालक सन्जिव राज भण्डारीले हस्ताक्षर गरेका हुन् ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।