पोहोर- ‘खै बृद्धभत्ता ?’, अहिले- ‘अनुत्पादक ठाउँमा कनिका छर्ने ?’ -बजेटमाथि बिपक्षी

May 31, 2019 Merolagani



- मनोज गजुरेल।
पोहोरको बजेटमा कर्मचारीको तलब नबढेपछि विपक्षले भन्यो- ‘सरकारले राष्ट्रसेवकमाथि अन्याय गरेकको छ ।’ यस पटक तलब बढ्यो तरपनि विपक्ष खुशी भएन। भन्यो- ‘कर्मचारीको तलव बृद्धिले महंगी आकासिने भयो, हामी घोर भत्सर्ना गर्दछौं !’

पोहोर बृद्ध भत्ता बढेन, बिपक्षी जंगीए- ‘बृद्धभत्ता बढाउने भनेर ढाँट्ने, खोइ त बढाएको ?’ यस पटक ड्याङ्गै बढ्यो, बिपक्षी पड्किए- ‘अनुत्पादक ठाउँमा कनिका छरै झैं रकम बाँडेर समृद्धि आउँछ ?’

‘नेकपाको घोषणापत्रमा लेखिए अनुसार बजेटमा खोई आयो त ?’ पोहोरको बिपक्षी प्रतिक्रिया ! ‘बजेट भनेको कम्युनिष्टको चुनावी घोषणापत्र लागु गर्ने माध्यामजस्तो देखियो, राम्रो होईन !’ यस पटकको प्रतिक्रिया

पोहोर दिर्घकालीन योजना सहितको बजेट आयो । बिपक्षीको प्रतिक्रिया यस्तो थियो- ‘सपना बाँडेर जनताका तत्कालिन आवश्यकतालाई नजर अन्दाज गर्ने ?’ बिपक्षीपनि खुशी होलान भनेर यसपटक तत्कालिन बजेट आयो । तर विपक्षको आक्रोस आउँछ- ‘राष्ट्रीय ढुकुटीको रकम यसरी कनिका झैँ छर्न मिल्दैन ।’

पोहोरको बजेटप्रति विपक्ष प्रतिक्रिया थियो – ‘यो बजेट अपरिपक्व, अब्यवहारिक ढंगले आएको छ ।’ नयाँ बजेट आउँछ । विपक्षको भनाई हुन्छ- ‘यो बजेट बडो कुटिल ढंगले पपुलिस्ट बन्ने अभिप्रायले आएको छ ।’

विपक्षले ‘कालो’ भन्दा सरकारले त्यसलाई सेतो भन्ने ! सरकारले सोझो ल्याउँदा विपक्षले बाङ्गो देख्ने ! यो रोग हो कि उपचार हो, बुझ्ने गाह्रो भयो त !

 

(गजुरेलको हाँस्यब्यङ्ग व्लग गजुरियाल डट कम बाट)




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।