पोहोर- ‘खै बृद्धभत्ता ?’, अहिले- ‘अनुत्पादक ठाउँमा कनिका छर्ने ?’ -बजेटमाथि बिपक्षी

May 31, 2019 Merolagani



- मनोज गजुरेल।
पोहोरको बजेटमा कर्मचारीको तलब नबढेपछि विपक्षले भन्यो- ‘सरकारले राष्ट्रसेवकमाथि अन्याय गरेकको छ ।’ यस पटक तलब बढ्यो तरपनि विपक्ष खुशी भएन। भन्यो- ‘कर्मचारीको तलव बृद्धिले महंगी आकासिने भयो, हामी घोर भत्सर्ना गर्दछौं !’

पोहोर बृद्ध भत्ता बढेन, बिपक्षी जंगीए- ‘बृद्धभत्ता बढाउने भनेर ढाँट्ने, खोइ त बढाएको ?’ यस पटक ड्याङ्गै बढ्यो, बिपक्षी पड्किए- ‘अनुत्पादक ठाउँमा कनिका छरै झैं रकम बाँडेर समृद्धि आउँछ ?’

‘नेकपाको घोषणापत्रमा लेखिए अनुसार बजेटमा खोई आयो त ?’ पोहोरको बिपक्षी प्रतिक्रिया ! ‘बजेट भनेको कम्युनिष्टको चुनावी घोषणापत्र लागु गर्ने माध्यामजस्तो देखियो, राम्रो होईन !’ यस पटकको प्रतिक्रिया

पोहोर दिर्घकालीन योजना सहितको बजेट आयो । बिपक्षीको प्रतिक्रिया यस्तो थियो- ‘सपना बाँडेर जनताका तत्कालिन आवश्यकतालाई नजर अन्दाज गर्ने ?’ बिपक्षीपनि खुशी होलान भनेर यसपटक तत्कालिन बजेट आयो । तर विपक्षको आक्रोस आउँछ- ‘राष्ट्रीय ढुकुटीको रकम यसरी कनिका झैँ छर्न मिल्दैन ।’

पोहोरको बजेटप्रति विपक्ष प्रतिक्रिया थियो – ‘यो बजेट अपरिपक्व, अब्यवहारिक ढंगले आएको छ ।’ नयाँ बजेट आउँछ । विपक्षको भनाई हुन्छ- ‘यो बजेट बडो कुटिल ढंगले पपुलिस्ट बन्ने अभिप्रायले आएको छ ।’

विपक्षले ‘कालो’ भन्दा सरकारले त्यसलाई सेतो भन्ने ! सरकारले सोझो ल्याउँदा विपक्षले बाङ्गो देख्ने ! यो रोग हो कि उपचार हो, बुझ्ने गाह्रो भयो त !

 

(गजुरेलको हाँस्यब्यङ्ग व्लग गजुरियाल डट कम बाट)




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।