एनआईबिएल सहभागिता फण्डको बिक्री खुल्यो, एक हजार रुपैयाँदेखि आवेदन गर्न सकिने

Jun 02, 2019 Merolagani



सामूहिक लगानी कोष एनआईबिएल सहभागिता फण्डको इकाईमा जेठ १९ गतेदेखि सर्वसाधारणमा आवेदन खुला भएको छ। पहिलो चरणमा कम्पनीले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो।

दुई करोड इकाईमध्ये बिज पूँजी वापत १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र ६५ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित राखी एक करोड २५ लाख इकाई सर्वसाधारणमा निष्काशन गरिएको छ ।

एक हजारदेखि २५ लाख रुपैयाँसम्म आवेदन गर्न सकिने

एनआईबिएल सहभागिता फण्डमा प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार इकाईका लागि २५ लाख रुपैयाँसम्मको आवेदन गर्न सकिन्छ।

इकाईमा सि आश्वा सदस्यस्ता प्राप्त लगानीकर्ताको बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि अनलाईन आवेदन गर्न सकिनेछ

इकाई छिटोमा जेठ २२ गते निष्काशन बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने असार १६ गतेसम्म निष्काशन खुला रहने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

कसरी हुन्छ खरिद बिक्री ?

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने खुलामुखी प्रकृतिको भएकोले यस फण्डको इकाई नेप्से सूचीकृत भएर खरिद बिक्री हुँदैन । यस्तै इकाई परिपक्कको अवधि पनि रहँदैन । योजना व्यवस्थापक र कोष प्रवद्र्धक आफैँ वा अन्य संस्थालाई वितरक तोकि खरिद बिक्रीको व्यवस्था हुनेछ ।

खुलामुखी म्युुचुुअल फण्डमा यसको इकाई, लगानी वा समयको कुनै सीमा हुँदैन । हाल सञ्चालनमा रहेको बन्दमुखी फण्डको जस्तो परिपक्व हुने कुनै निश्चित अवधि तोकिएको हुँदैन भने कुनै पनि समयमा लगानीकर्ताले सम्बन्धित स्किमको इकाई किन्न वा बेच्न सक्ने सुविधा खुलामुखी म्युुचुुअल फण्डमा हुन्छ ।

यस्तोे फण्डमा अहिले प्रचलनमा रहेजस्तो इकाई निष्काशनको समय वा दोश्रो बजारबाट मात्र लगानी गर्नुपर्ने बाध्यता रहँदैन।

नेपालमा अहिलेसम्म खुलामुखी कोष सञ्चालनमा नआएपनि विश्वबजारमा भने अधिकांश खुलामुखी (ओपन इण्डेड) सामूहिक लगानी कोष सञ्चालनमा रहेको पाइन्छ।

खुलामुखी प्रकारका कोषले लगानीकर्ताको मागअनुसार जति पनि संख्यामा इकाइहरू जारी वा बिक्री गर्न सक्छ। त्यसरी संकलन गरेको सबै रकम कोष व्यवस्थापकले तुरुन्तै लगानी गर्ने भएकाले यस्ता कोषका इकाइ दोस्रो बजारमा प्रायजसो प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभीमा) नै खरिद बिक्री हुनेगर्छ ।

हालसम्म नेपालमा बन्दमुखि प्रकृतिको १३ वटा म्युचुअल फण्ड सूचीकृत छन् । नबिल ब्यालेन्स फण्डले इकाई बिक्री सकेको छ भने बिहीबारदेखी सिटिजन्स म्युचुअल फण्ड २ बिक्रीमा छ । यो भने पहिलो खुलामुखी प्रकतिको योजना हो।

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७४/७५ देखि खुलामुखी सामूहिक लगानी कोष योजना प्रवेश गराउने रणनीति अंगिकार गरेको थियो। सोही नीति अनुरुप एनआईबिएल एस क्यापिटललाई पहिलो खुलामुखि फण्ड सञ्चालन गर्ने अनुमति बोर्डले दिएको हो।

एनआईबिएल एस क्यापिटलले हाल दुई वटा बन्दमुखी प्रकृतिका कोष सञ्चालन गरिरहेकोमा पहिलो पटक खुलामुखी योजना सञ्चालनमा ल्याएको हो। लएनआईबिएल सहभागिता फण्ड नै नेपालको पूँजी बजारमा पहिलो खुलामुखी (ओपन इन्डेड) प्रकृतिको म्युचुअल फण्ड हो।

नेपाल धितोपत्र बोर्डबाट एनआईबिएल एस क्यापिटलले बैशाख ९ गते सोमबार ५० करोडको लाई पाँच करोड इकाई जारी गर्न स्वीकृती पाएको थियो। जसमध्ये पहिलो चरणमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई निष्काशन गरेको हो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।