जनसेवीको लघुवित्तको शेयर सूचीकरण कालिकासँगको एकिकृत कारोबारपछि मात्रै हुने

Jun 04, 2019 Merolagani

जनसेवी लघुवित्तको शेयर कालिका लघुवित्तसँग एकिकृत कारोबारपछि मात्र खुला हुने भएको छ। दुई एक आपसमा मर्जरमा गएकाले हालै मात्र आईपिओ निष्काशन गरेको जनसेवीको शेयर सूचीकरणको समयावपधि लम्बिएको हो।

पर्वतको कुस्मामा केन्द्री कार्यालय रहेको जनसेवी लघुवित्त र स्याङ्गजाको वालिङ्गमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्तबीच यहि जेठ ५ गते एक आपसमा गाभ्ने/गाभिने सम्झौता भएको थियो।

प्रचलित धितोपत्र तथा कनुनी व्यवस्था बमोजिम सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गरि नेप्से मार्फत कारोबार गराउनुपर्ने व्यवस्था छ । 

जनसेवीले मर्जर प्रकृयामा रहेको कालिका लघुवित्तको पनि शेयर कारोबार रोक्का रहेकाले कम्पनीको शेयर सूचीकरण पश्चात पनि कारोबार रोक्का नै रहने भएकाले एकीकृत कारोबार पश्चात मात्रै शेयर कारोबार खुला हुने जनाएको छ। 

जनसेवीको शेयर बाँडफाँडमा परेका लगानीकर्ताहरु, सामूहिक लगानी कोष योजनाहरु तथा कर्मचारीहरुलाई दुबै संस्था गाभिई कायम हुने नयाँ कम्पनीको नाममा नै सूचीकरण तथा दर्ता गरि हितग्राही खातामा जम्मा गरिने जनसेवीले जनाएको छ ।

जनसेवीले जेठ ६ गते सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख ६३ हजार ३०० कित्ता शेयर बाँडफाँड गरेको थियो । कम्पनीमा संस्थापक समूहतर्फको ९ लाख ८० हजार कित्ता शेयर रहेको छ । आईपिओ पश्चात कम्पनीको कुल शेयर संख्या १४ लाख ४३ हजार ३०० कित्ता र चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।