अमेरिकाकाे टाउकाे दुखाइ बनेकाे हुवावे कसरी बन्यो विश्वको सबैभन्दा ठूलो कम्पनी?

Jun 04, 2019 agency



अहिले अमेरिका र चीनका बीच व्यापार युद्धको अवस्था छ । केही चिनीयाँ कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्ध समेत लगाएको छ । अमेरिकाले प्रतिबन्ध लगाएका कम्पनीमध्ये सबैभन्दा धेरै चर्चामा हुवावे रहेको छ ।
अमेरिकाले चिनीयाँ कम्पनी हुवावेलाई कालोसूचीमा राखेको छ ।

उसले हुवावेको ५ जी नेटवर्कमाथि प्रतिबन्ध लगाउदैँ आफ्ना सहयोगी देशहरूलाई समेत यसको प्रयोग नगर्नका लागि आग्रह गर्दै आइरहेको छ । यसका बाबजुद हुवावे विश्वको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनीका रूपमा रहेको छ । साथै स्मार्टफोन बनाउने कम्पनीमा सामसुङपछि विश्वको दोस्रो ठूलो कम्पनीका रूपमा रहेको छ । हुवावेलाई उक्त उचाईमा पुर्याउन र समस्याग्रस्त अवस्थामा पनि सफलता दिलाउने श्रेय यसका संस्थापक रेन झेंगफेईलाई जान्छ ।

चिनीयाँ सेनामा रहेका रेनले सन् १९८२ मा ३८ बर्षको उमेरमा आर्मीको पदबाट अवकाश लिनु परेको थियो । त्यसपछि उनले इलेक्ट्रोनिक कम्पनीमा काम गरे ।

सन् १९८७ मा रेनले २१ हजार यूआन अर्थात् करिब ३ लाख ५० हजार रूपैयाँ पूँजीका साथ हुवावे टेक्नोलोजीज नामक कम्पनी बनाए । यो कम्पनीले सुरूवातमा कम्प्युटर इन्डस्ट्रीमा प्रयोग हुने सर्भर स्वीच बनाउथ्यो । हुवावेको सर्भर स्वीच बजारमा रहेका प्रतिद्धन्द्धी कम्पनीहरूको प्रोडक्टको तुलनामा एक तिहाई कम मूल्य थियो । त्यसैले उनको कम्पनीको बिक्री तीव्र गतिमा अगाडि बढ्यो ।

चीनमा टेलीकम्युनिकेसन इन्फ्रास्ट्रक्चरको काम सफलताका साथ पूरा गरेसँगै हुवावेलाई विदेशबाट समेत उपकरणका लागि काम मिल्न सुरू भयो । कम्पनीले सन् १९९७ मा हङकङमा पहिलोपटक विदेशी कन्ट्रयाक्ट हासिल गरेको थियो । सन् २०११ सम्म कम्पनीको व्यापार पहुँच विश्वका १७० देशसम्म पुग्यो । सन् २०१२ मा एरिक्सनलाई पछि पार्दै हुवावे दुरसञ्चार उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो । हाल यसको बार्षिक बिक्री करिब ७०० खर्ब रूपैयाँ रहेको छ । एजेन्सी




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।