कर्जा सम्बन्धि जानकारी दिने कर्जा बजार डट कमको औपचारिक सुरुवात

Jun 11, 2019 Merolagani

नेपालमा डिजिटल अर्थव्यवस्थाको निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ युवा उद्यमीहरुद्धारा प्रवर्तन गरिएको आर्थिक–प्राविधिक कम्पनी फोनिक्स क्यापिटल प्रालिले कर्जा प्रवाहका बारेमा सम्पूर्ण जानकारी दिने उदेश्यका साथ कर्जा बजार डट कमको औपचारिक सञ्चालन गरेको छ।

काठमाडौको होटेल एम्बेसडरमा शुक्रबार ओपचारिक उद्घाटन गरिएको उक्त वेवसाइट यस्तो डिजिटल मञ्च हो जहाँ प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त वित्तीय संस्थाहरुबाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर,सवारी साधन, अचल सम्पत्ति कर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, कर्जा प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन्।

यसका साथै वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदनका लागि चालिने प्रकृयाका समेतका बारेमा पनि हेर्न सक्नेछन्। कर्जा बजारलाई नेपालका प्रमुख वाणिज्य बैंकहरुसँग विस्तृत परामर्श र प्रकृया प्रवाह समायोजन गरेर मात्र अनलाईन रिलिज गरिएको हो।

कार्यक्रममा स्टान्डर्ड चार्टर बैंकका प्रमुखकार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजार कर्जा बजार डट कम को सुरुवातभएको जानकारी दिएका छन्।

तीनवटा वाणिज्य बैंकहरु (स्टान्डर्ड चार्टर बैंक, एन.एम.बि. बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक (सिन्धु विकास बैंक) ले कर्जा बजारसँग सम्झौता गरिसकेका छन्। कर्जाबजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढी बैंक र वित्तीय संस्थाहरु पनि यसमा संलग्न हुने अपेक्षा गरिएको छ ।

कर्जा प्रवाहका बारेमा हुने सुचनाको कमीलाईलाई चिर्नका लागि, कर्जाबजारले कर्जा प्रदायकहरु व्यक्तिगत कर्जादारहरुको योग्यताको आंकलन गर्न सक्षम हुन भनि आफ्नै स्वामित्वमा क्रेडिट स्कोरिङ सुत्र को पनि विकास गरेको छ ।

फोनिक्स क्यापिटल प्रालिले सन् २०१६ मा ल्याईएको इ बीमा नामक अनलाईन पोर्टल, यस कम्पनीको प्रथम सिर्जना हो जसले विमाको क्षेत्रमा काम गर्दछ । यस पोर्टल मार्फत हालसम्म नेपालका मुख्य बीमा कम्पनीहरुका करिब १२०० भन्दा बढि बिमानीतिहरुको बिक्रि भईसकेको छ ।

फोनिक्स क्यापिटल प्रालिले सेवा विस्तारका लागि सन् २०१८मा ट्रु नर्थ एसोसियट भन्ने स्थानीय निजी समन्यायीक फर्मबाट बिज लगानी प्राप्त गरेको थियो। यस संस्थामा बीमा र बैंकिङ सेवामा प्रयाप्त मात्रामा तालिमप्राप्त कर्मचारीहरु रहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।