राधी विद्युत कम्पनीले डाक्यो साधारण सभा

Jun 12, 2019 Merolagani



राधी विद्युत कम्पनी (RADHI) ले गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारण सभा आह्वान गरेको छ।

जेठ २७ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले अगामी असार २९ गते अमृतभोग क्याटरिङ्ग कालिकास्थानमा बिहान ११ बजे सभा डाकेको हो। 

सभाले सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभाका लागि असार ९ गते शेयर दाखिला खारेज गर्ने भएकाले असार ८ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

साधारणसभामा आवको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षक नियुक्ति,पारिश्रमिक निर्धारण, सञ्चालक समिति र प्रवन्धपत्र तथा नियमावलीमा संसेाधनकाे आवश्यक अख्तियारी दिने एजेण्डा रहेका छन्।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा, प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ११.९० गुणा बढी छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।