सिद्धार्थ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 12, 2019 merolagani



सिद्धार्थ इन्स्योरेन्स(SIL)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले जेठ ३० गते बिहीबारदेखि बुकक्लोज गर्ने भएपछि जेठ २९ गते बुधबारसम्म कायम शेयरधनीले मात्र गत आर्थिक वर्षको लाभांश पाउनेछन् ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न लागेको १५.४८ प्रतिशत बोनस पारित गर्न असार १३ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाले हाल कायम चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँको १५.४८ प्रतिशत अर्थात १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।

बोनस शेयरमा लाग्ने लाभांश कर भने शेयरधनीले ब्यहोर्नुपर्नेछ । बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।