अधिकाशं उपसूचक ओरालो लाग्दा ५० करोडमा खुम्चियो काराबोर, साल्ट ट्रेडिङ्गमा पोजेटिभ सर्किट

Jun 12, 2019 Merolagani



कारोबारमा आएका अधिकाशं उपसमुहको सूचक ओरालो लाग्दा पूँजी बजारमा कारोवार मापक नेप्से ऋणात्मक बनेको छ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएकोमा बुधबार पुनः ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर १२७२.४८ अङ्कमा झरेको छ भने कारोबार रकम समेत ५० करोड रुपैयाँमा सीमित भएको छ । 

स्टकका अनुसार बुधबार कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर ५० करोड २६ लाख ८२ हजार ८८१ रुपैयाँ बराबरमा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र सुधार देखिएको छ । व्यापार, होटल र अन्य उपसमुहको बाहेक अधिकाशं उपसूचक ओरालो लागेपछि कारोबार रकम खस्किएको हो ।

यसदिन निर्जीवन बीमा उप समूह सबैभन्दा धेरै ६१.३४ अंकले ओरालो लागेको छ । यस्त जीवन बीमा २७.३४ अंक, लघुवित्त ७.५६, विकास बैंक ४.६४, जलविद्युत ३.५६, बैंकिङ ३.०२, उत्पादन २.७४, वित्त १.४३, र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१५ बिन्दुले घटे ।

उता व्यापार उपसमूह भने ११.७ अंक, होटल ६.९५ र अन्य उपसमूहको शेयर १.९६ बिन्दुले बढेको छ।

बुधबार ग्लोवल आइएमई लघुवित्तको संस्थापक शेयरको उच्च करोबार भएको छ । ग्लोवल आइएई लघुवित्तको संस्थापक शेयर ७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै शिबम् सिमेन्टसको ४ करोड २५ लाख रुपैयाँ, प्रभु बैंकको २ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । प्रभु बैंकको दुई करोड १३ लाख, नेपाल क्रेडिट एण्ड कमर्स बैंक एक करोड ५९ लाख र एनआइसी एशिया बैंकको एक करोड ५३ लाख बराबरको कारोवार भयो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्यमा सर्किट लागेको छ। साल्ट ट्रेडिङ्ग शेयरमूल्य १० प्रतिशतले बढेको हो। यस्तै गणपति माइक्रोफाइनान्स र सिभिल लघुवित्तको शेयरमूल्य ५ प्रतिशतले बढेको छ। बुधबारको बजारमा खानीखोला हाइड्रोपावर ४.२३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयरमूल्य ३.५७ प्रतिशतले बढ्यो।

यता नेपाल हाइड्रोको शेयरमूल्य सबै भन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ । बुधबारको कारोबारबाट मल्टिपर्पस फाइनान्स, कर्णली डेभलपमेन्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरधनीहरुले ६ प्रतिशत भन्दा बढीले गुमाएका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।