राधी विद्युतको बोनस पश्चात शेयरमूल्य समायोजन

Jun 24, 2019 10:55 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा असार ९ गते सोमबार राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको मसनाफाबाट वितरण गर्न लागेको बोनसको बुकक्लोजसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार राधी विद्युतको ५ प्रतिशत बोनस पश्चात १५८ रुपैयाँ १० पैसामा शेयरमूल्य समायोजन भएको छ । सोमबार यहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधार कम्पनीको औसत आधारमूल्य १६९ रुपैयाँ ५५ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

राधी विद्युतले असार २९ गते बिहान ११ बजे अमृतभोग क्याटरिङ्ग कालिकास्थानमा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभाले सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभाका लागि असार ९ गते शेयर दाखिला खारेज गरेको हो। यसअनुसार असार ८ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

साधारणसभामा आवको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षक नियुक्ति,पारिश्रमिक निर्धारण, सञ्चालक समिति र प्रवन्धपत्र तथा नियमावलीमा संसोधनको आवश्यक अख्तियारी दिने एजेण्डा रहेका छन्।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा छ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।