राधी विद्युतको बोनस पश्चात शेयरमूल्य समायोजन

Jun 24, 2019 10:55 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जमा असार ९ गते सोमबार राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको मसनाफाबाट वितरण गर्न लागेको बोनसको बुकक्लोजसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेका अनुसार राधी विद्युतको ५ प्रतिशत बोनस पश्चात १५८ रुपैयाँ १० पैसामा शेयरमूल्य समायोजन भएको छ । सोमबार यहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधार कम्पनीको औसत आधारमूल्य १६९ रुपैयाँ ५५ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

राधी विद्युतले असार २९ गते बिहान ११ बजे अमृतभोग क्याटरिङ्ग कालिकास्थानमा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारण सभा आह्वान गरेको छ।

सभाले सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ। साधारण सभाका लागि असार ९ गते शेयर दाखिला खारेज गरेको हो। यसअनुसार असार ८ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

साधारणसभामा आवको वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षक नियुक्ति,पारिश्रमिक निर्धारण, सञ्चालक समिति र प्रवन्धपत्र तथा नियमावलीमा संसोधनको आवश्यक अख्तियारी दिने एजेण्डा रहेका छन्।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।