नेपाल र बङ्गलादेशबीच प्रसारण पूर्वाधार बनाउने सहमति, सुनकोसी दोस्रो र तेस्रो निमार्ण गर्न इच्छुक

Jun 24, 2019 12:11 PM Merolagani

नेपाल र बङ्गलादेशबीच प्रशारण पूर्वाधार र जलविद्युतका क्षेत्रमा लगानीको सम्भावना विषयमा सहमति भएको छ। साथै बङ्गलादेशले एक हजार ११० मेगावाटको सुनकोशी दोस्रो र ५३६ मेगावाटको सुनकोशी तेस्रो निर्माण गर्ने इच्छा व्यक्त गरेको छ।

जलविद्युतका क्षेत्रमा दुई देशका बीच विद्युत् व्यापारको सम्भावना र जलविद्युत् क्षेत्रका विविधि आयामका बारेमा महत्वपूर्ण सहमति भएको हो।

असार ५ र ६ गते बङगलादेशको कोक्सस् बजारमा सम्पन्न दुई देशका सहसचिव र सचिवस्तरीय संयुक्त बैठकले नेपालमा जलविद्युत् विकासमा बङ्गलादेशको निजी प्रवद्र्धकबाट लगानीको सम्भावनाको विषयमा सहमति भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपाल र बङ्गलादेशबीच अन्तरदेशिय प्रसारण लाइनको सम्भावना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बङ्गलादेशले आयात गर्ने ५०० मेगावाट विद्युत् तथा दुई देशबीच नवीकरणीय ऊर्जाको क्षेत्रमा सहयोग गर्नेसम्बन्धी निर्णयलाई अनुमोदन गर्ने निर्णय भएको जानकारी दिए। 

बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुनेमध्ये ५०० मेगावाट विद्युत् आयात गर्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।

बङ्गलादेशसँग विद्युत् खरीद सम्झौता नभएकाले आयोजनाको काम शुरु गर्न अप्ठ्यारो परेको दाबी भारतीय कम्पनी जिएमआरले गर्दै आएको छ। गत असोज ३ गतेदेखि लगानी बोर्डले समेत जिएमआरको म्याद थप गरेको छैन ।

त्यसो त सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगत रुपमा नै व्यवस्था गरेको छ ।

गत भदौमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्नुभएको बङ्गलादेश भ्रमणका क्रममा समेत त्यहाँको सरकारले नेपालको विद्युत् आफूहरुका लागि अत्यावश्यकीय व्यापारिक वस्तु भएकाले संयुक्त लगानी गर्ने प्रस्ताव गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।